काठमाडौँ उपत्यकामा एलपी ग्यास आपूर्तिमा सुधार: एकै दिन १६२ बुलेट र ५० हजारभन्दा बढी सिलिन्डर भित्रिए
ratopati.com · Mon Sep 21 17:23:11 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउने प्रयासस्वरूप एकै दिन उल्लेख्य परिमाणमा ग्यास भित्रिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वय तथा पहलमा पछिल्लो २४ घण्टामा १६२ बुलेट एलपी ग्यास र ५० हजार ८०८ थान सिलिन्डर उपत्यका भित्रिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समय देखिएको ग्यास अभावको समस्यालाई समाधान गर्न आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखिएको थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहको नेतृत्वमा नेपाल आयल निगम, ग्यास उद्योगी तथा व्यवसायीहरूसँगको निरन्तर समन्वयपछि आपूर्ति प्रणालीमा सुधार आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)