कोरोना संक्रमणका कारण भदौमा हुने एसियाली खेलकुद स्थगित
janaaastha.com · Fri May 06 17:51:14 GMT 2022
चीनमा कोरोना महामारी ह्वात्तै बढेकाले हाङ्चौमा आगामी भदौ २५ देखि असोज ९ गतेसम्म हुने भनिएको १९औँ एसियाली खेलकुद (एसियाड) स्थगित गरिएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले आज एसियन गेम्स स्थगित गरेको जनाएको हो ।
काउन्सिलले चिनियाँ ओलम्पिक कमिटी र हाङचौ एसियाली खेल आयोजक समितिसँगको छलफलपछि एसियाड स्थगित गरिएको जनाएको हो । यो वर्षको एसियाड अब आगामी वर्ष हुने भनिएको छ तर महिना र मिति पछि घोषणा गर्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)