मुग्लिन–आँबुखैरेनी सडकको ठेक्कामा ढिलाइ
ekantipur.com · Fri Aug 23 16:58:12 UTC 2024

काठमाडौँ — मुग्लिनबाट आँबुखैरेनीतर्फ जाने सडक साँघुरो छ । तर सवारी चाप भने उच्च छ । अत्यधिक सवारी चाप हुने पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखराको यो खण्डमा आँबुखैरेनीबाट मात्र सडक स्तरोन्नतिको काम भइरहेको छ । मुग्लिन–आँबुखैरेनी खण्डमा अझै ठेक्का हुन सकेको छैन ।
साँघुरो सडकले गर्दा दुर्घटनाको जोखिम भने उच्च छ । साढे ८ किलोमिटरमा अझै ठेक्का व्यवस्थापन भएको छैन । पारिपट्टिबाट सडक निर्माण ठेक्का प्रक्रिया अघि बढाउने गरी तयारी गरिरहेको आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)