अन्तरिक्ष युद्ध भए शक्तिराष्ट्रमध्ये सबैभन्दा फाइदा रुसलाई, यी हुन् कारण
baahrakhari.com · Mon Sep 21 17:34:28 GMT 2026

काठमाडौं । अमेरिकाले पृथ्वीको कक्षमा एउटा अन्तरिक्ष हतियार तैनाथ गरेको घोषणा गरेपछि अन्तरिक्षमा बढ्दो सैन्य गतिविधि र सम्भावित युद्धबारे बहस चर्किएको छ । अमेरिकाले हाल आफूले तैनाथ गरेको हतियारबारे निकै कम जानकारी दिएको छ ।
अमेरिकी वायुसेनाका सेक्रेटरी ट्रोय मिन्कले कक्षमा रहेको उक्त हतियार शत्रुको कारबाहीबाट अमेरिकी सेनालाई जोगाउन आवश्यक रहेको बताएका छन् । अन्तरिक्ष युगको सुरुआतदेखि नै त्यहाँ सैन्य गतिविधि हुँदै आएका छन् । सन् १९६० को दशकको अन्त्यतिर सोभियत संघले ‘इस्त्रेबितेल स्पुतनिकोभ’ अर्थात् उपग्रह नष्ट गर्ने कार्यक्रम सञ्चालन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)