घरमा ठोक्कियो मिनि ट्रक : एक जनाको मृत्यु, अर्का घाइते
annapurnapost.com · Tue Jul 21 04:00:45 GMT 2026

सिमरा : बारामा सोमबार राति मिनी ट्रक अनियन्त्रित भई घरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। कलैया उपमहानगरपालिका-४ स्थित गुप्ता पेट्रोल पम्प नजिकै ट्रकमा सवार जीतपुर सिमरा उपमहानगरपालिका-८ इमलीप्रतिका ४० वर्षीय शिवनारायण पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको खाली टाटा मिनी ट्रक अनियन्त्रित भई स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएर दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)