मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतसँग खेल्न पाकिस्तानलाई बंगलादेशको आग्रह, निर्णय पाकिस्तान सरकारको हातमा

onlinekhabar.com · Mon Feb 09 17:54:21 GMT 2026

२६ माघ, काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का अध्यक्ष अमिनुल इस्लामले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत फेब्रुअरी १५ मा श्रीलंकामा तय भारतविरुद्धको खेल खेल्न पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई आग्रह गरेका छन्।

यसअघि पाकिस्तानले प्रतियोगितामा सहभागी हुने तर भारतसँग खेल्न नहुने अडान राखेको थियो। अब उक्त खेलबारे अन्तिम निर्णय पाकिस्तानी सरकारको हातमा रहेको बताइएको छ। आगामी २४ घण्टाभित्र निर्णय आउन सक्ने भारतीय समाचार संस्थाहरूमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)