मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’
barnanmedia.com · Tue Jul 21 04:17:11 GMT 2026
_OHet51rNYW_0dluruehtbwwwn2vzsftuy7lltopvhdciibu7v6c30xokgnn4obyreycjcxi_uyhs5GzSkp_xcsya3uoduaufffyts8a0e1wn1btyhyi9vmbo81q5wehbhxljtw44oqdoyhi.gif)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई अमेरिकामा कुनै पनि हालतमा पक्राउ नगरिने स्पष्ट पारेका छन्। न्युयोर्क सहरका मेयर जोहरान ममदानीको टिप्पणीपछि ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो।
मेयर ममदानीले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघीय महासभा (यूएनजीए) मा सहभागी हुन नेतन्याहू न्युयोर्क आएमा उनलाई पक्राउ गर्ने सम्भावनाबारे आफ्नो कार्यालयले विचार गरिरहेको बताएका थिए। त्यसपछि ट्रम्पले सोमबार राति सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘बेन्जामिन नेतन्याहू अमेरिकामा रहँदा उनलाई कुनै पनि हिसाबले पक्राउ गरिने छैन।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)