हुलास स्टिलसहित दुई उद्योगले तिरेनन् जरिवाना, नन्दनले बुझायो
annapurnapost.com · Tue Jul 21 04:29:38 GMT 2026

सिमरा : वातावरण प्रदूषण गरेको भन्दै बाराको जीतपुरसिमरा उपमहानगरपालिकाद्धारा कारवाही गरिएका हुलास स्टिलसहित तीन ठूला उद्योगमध्ये एउटाले मात्रै सोमबार जरिवाना बुझाएको छ । जीतपुरसिमरा–३ स्थित नन्दन घि एण्ड आयल इण्डष्ट्रिजले दुई लाख ५० हजार जरिवाना बुझाएको हो ।
उद्योग प्रशासनले सोमबार उपमहानगरपालिकाको नेपाल बैंकस्थित राजश्व खातामा जरिवाना रकम दाखिला गरेको वातावरण शाखा प्रमुख इन्जिनियर पुष्पा सिंहले जानकारी दिएकी छिन् । नन्दनले जरिवाना तिर्दा जीतपुरसिमरा–१ स्थित हुलास स्टिल इण्डष्ट्रिज र जीतपुरसिमरा–३ स्थित गणपति वनस्पति लिमिटेडले भने आलटाल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)