राम्रो गर्नैपर्ने आफैंमाथि प्रेसर छ : सञ्चारमन्त्री शर्मा
nepalpress.com · Wed Mar 06 16:51:38 GMT 2024
काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गर्दै आफूहरुले अब राम्रो गर्न नसके पनि नराम्रो नगरौं भन्दा मात्रै नपुग्ने बताएकी छन् ।
शपथ लगत्तै सिंदरबारमा पुगेर पदबहाली गरेकी शर्माले आफूहरुलाई अब राम्रो गर्नैपर्ने आफैंमाथि प्रेसर रहेको बताइन् । ‘यो कार्यकाल मैले चुनौतीको रुपमा पनि लिएकी छु, मलाई भरोसा गरेर दोस्रोपटक अवसर प्राप्त भएको छ । अब हामीलाई नराम्रो नगरेर मात्रै नपुग्ने भएको छ’, उनले भनिन्, ‘हामीले राम्रो गर्नै पर्ने आफैंमाथिको प्रेसर रहेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)