माओवादी केन्द्रका नेता भन्छन् : मध्यरातमा लोकतन्त्रमाथि डकैती भयो
onlinekhabar.com · Fri May 21 18:56:07 GMT 2021
७ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले झै मध्यरातमा लोकतन्त्रमाथि डकैती गरेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बताएका छन् । पुनले अब लोकतन्त्र बचाउन लड्ने पनि बताए ।
‘अब ज्ञानेन्द्र जस्तै जनताबाट लखेटिनेछन् । जनता अब चुप बस्दैनन्’, उनले भने । शुक्रबार मध्यरातमा ज्ञानेन्द्र शाहले जस्तै कदम ओलीले चालेको पुनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)