मापसे गरेर टाटासुमो चलाएको आरोपमा चालक पक्राउ
ratopati.com
मादक पदार्थ सेवन गरेर यात्रुबाहक सवारी ‘टाटा सुमो’ चलाएको आरोपमा ट्राफिक प्रहरीले चालकलाई पक्राउ गरेको छ । मकवानपुर घर भएका सुमो चालक ४८ वर्षीय वीरेन्द्रकुमार लामालाई पक्राउ गरेर मुद्दा चलाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ना.१ ज ४४६५ नम्बरको भाडाको सुमो चालक लामाले मदिरा सेवन गरेर सवारी चलाएको आरोप छ । उनीविरुद्ध सार्वजनिक हित विरुद्धको कसुरमा प्रहरी वृत्त कीर्तिपुरले मुद्दा चलाएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले रातोपाटीलाई बताए । लामालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले मापसे गरेर सार्वजनिक र निजी सवारी नचलाउन चालकहरूलाई आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)