मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आठ करोडको ‘डिफेण्डर’ काण्ड : परिवर्तनको राजनीतिमाथि उठेको गम्भीर प्रश्न

barnanmedia.com · Fri Jan 23 22:24:50 GMT 2026

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग जोडिएको ८ करोड रुपैयाँ बराबरको ‘डिफेण्डर’ गाडी प्रकरणले नेपाली राजनीतिमा नयाँ तर अत्यन्त गम्भीर बहस जन्माएको छ। प्रश्न गाडीको मूल्य मात्र होइन, त्यो गाडी कसले, किन र कुन पृष्ठभूमिमा उपलब्ध गरायो भन्ने हो। अझ चिन्ताको विषय के छ भने यो प्रकरण ‘मालपानी’ जस्तो अत्यन्त विवादास्पद व्यापारीसँग जोडिन पुगेको छ, जसको व्यवसायिक इतिहास बालबालिका र मानव स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पार्ने अखाद्य वस्तु उत्पादनसँग जोडिएको आरोपले भरिएको छ।

राजनीतिमा परिवर्तनको नारा बोकेर आएका पात्रहरू जब यस्तै कालोधन थुपार्ने, सामाजिक रूपमा गैरजिम्मेवार व्यापारीसँग नजिकिन्छन्, तब त्यो परिवर्तनको नारामाथि नै प्रश्न उठ्छ। यदि अखाद्य वस्तु उत्पादन गरेर, जनस्वास्थ्यमा खेलवाड गरेर आर्जित पैसाले किनेको गाडी चढेर चुनावी वैतरणी तर्न खोजिएको हो भने, त्यो रणनीति दीर्घकालमा बुमर्याङ हुनु निश्चित छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)