मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियन कप : चीन प्रतियोगिताबाट बाहिरिने सँघारमा

ekantipur.com · Tue Jan 23 00:43:16 GMT 2024

काठमाडौँ — चीनले एसियन कपको समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा सोमबार कतारसँग १–० को हार बेहोरेको छ । यो नतिजाले कमजोर प्रदर्शन गरिरहेको चीन प्रतियोगिताबाट बाहिरिने सँघारमा पुगेको छ । चीनले लिग चरणका तीनै खेलमा कुनै पनि गोल गर्न सकेन र दुई अंकमा समूहको तेस्रो स्थानमा रह्यो ।

समूहको तेस्रो स्थानमा रहेर अर्को चरण पुग्ने झिनो सम्भावनका लागि अब चीनले प्रतीक्षा गर्नु पर्नेछ । आयोजक तथा डिफेन्डिङ च्याम्पियन कतारका लागि अल आयडोसले ६६ औं मिनेटमा निर्णायक गोल गरे । कतारको भने यो लगातार तेस्रो जित हो र नौ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)