नेपालमा पहिलो थर्ड पार्टी लजिस्टिक्स वेयरहाउस निर्माण सुरु, १ अर्ब २० करोड लगानी
ratopati.com · Mon Mar 24 06:32:00 GMT 2025

काठमाडौं । प्रविधिको प्रयोगबाट परिवर्तनशील लजिस्टिक्स कम्पनी उपायलले आफ्नो पहिलो थर्ड पार्टी लजिस्टिक्स वेयरहाउस निर्माण गर्ने घोषणा गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा उपायले बनेपास्थित नेपाल प्रहरी स्कूल नजिकै नयाँ वेयरहाउस निर्माणको योजना सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार लगभग १८ रोपनी (१ लाख वर्गफुट) क्षेत्रमा फैलिने यस वेयरहाउसमा अत्याधुनिक लजिस्टिक्स सेवा प्रवाह गरिनेछ। यो वेयरहाउस २०२६ को अन्त्यसम्ममा पूर्णरूपमा सञ्चालनमा आउने लक्ष्य राखिएको छ।
१ अर्ब २० करोड नेपाली रुपैयाँ बराबरको लगानी रहने यो परियोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको नेतृत्वमा माछापुच्छ्रे बैंकको सहकार्यमा ९५ करोड रुपैयाँको कन्सोर्टियम ऋण व्यवस्थापन गरिएको छ।
कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले भने, "नेपालमा अत्याधुनिक वेयरहाउस संरचना आवश्यक छ। यो परियोजना नेपालको लजिस्टिक्स क्षेत्रमा महत्वपूर्ण योगदान दिनेछ।"
वेयरहाउसले FMCG, ई-कमर्स, खुद्रा व्यापार, इलेक्ट्रोनिक्स, वस्त्र उद्योग, जुत्ता-चप्पल, औषधि र पार्ट्स आपूर्ति गर्ने व्यवसायहरूलाई सेवा प्रदान गर्ने बताइएको छ ।
उपाय
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)