मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सेभियाले जित्यो युरोपाकप

ekantipur.com · Thu Jun 01 00:38:19 GMT 2023

बुडापेस्ट — सेभियाले कीर्तिमान सातौं पल्ट युरोपाकप जितेको छ । उसले बुधबार पुस्कास एरेनामा भएको फाइनलमा एएस रोमालाई टाइब्रेकरमा ४–१ ले पराजित गरेको हो । स्पेनी टिमका लागि गोन्जालो मोन्टिएलले पेनाल्टीबाट निर्णायक गोल गरे ।

मोन्टिएलले कतार विश्वकप फाइनलमा पनि अर्जेन्टिनाका लागि पेनाल्टीमा विजयी गोल गरेका थिए । निर्धारित समयको खेल भने १–१ को बराबरीमा रहेको थियो । रोमाका लागि रोजर इबानेज र जियानलुका मानचिनी पेनाल्टीमा गोल गर्न चुके ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)