जीप दुर्घटनामा एकको मृत्यु, आठ जनाले हामफालेर ज्यान जोगाए
annapurnapost.com · Thu Sep 22 17:17:00 GMT 2022
दार्चुला : दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आठ जनाले हामफालेर ज्यान जोगाएका छन्। जिल्लाको मार्मा गाउँपालिका लटिनाथबाट अपिहिमाल गाउँपालिका-५ तिम्ला जाँदै गरेको म १ ज २३३ नम्बरको बोलेरो जीप साँझ साढे ८ बजे तिर दुर्घटना भएको हो।
जीप दुर्घटना हुँदा अपिहिमाल गाउँपालिका-६ का १८ वर्षीय दिनेशसिंह धामीको मृत्यु भएको अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)