राष्ट्रिय सभा निर्वाचनः सिट १९, उम्मेदवार ५२
rajdhanidaily.com · Mon Jan 08 23:13:01 GMT 2024
काठमाडौं । राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि आगामी ११ माघमा निर्वाचन हुँदै छ । ५९ सदस्यीय राष्ट्रिय सभामा २० सांसदको पदावधि २० फागुनपछि सकिँदै छ । २० मध्ये १ सिट सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने र १९ निर्वाचित सदस्य हुन् ।
सोमबार सातै प्रदेशका सम्बन्धित निर्वाचन कार्यालयमा विभिन्न समूहका लागि ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ ६, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)