मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टानको अध्यक्षका लागि चार जनाको नाम चर्चामा

abhiyandaily.com

काठमाडौं (अस) । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को नयाँ नेतृत्व चयन गर्न साउन ३० गते निर्वाचन हुँदै छ । टानको ४२औं वार्षिक साधारणसभाले आगामी २ वर्षका लागि नेतृत्व चयन गर्नेछ । अहिले चारजनाको नाम टानको अध्यक्ष पदका लागि चर्चामा छ ।

ट्रेकिङ व्यवसायीहरूको साझा संस्था टानको नयाँ नेतृत्वका लागि व्यवसायी नीलहरि बाँस्तोला, कमल सापकोटा, बोधराज भण्डारी र राजेन्द्र सापकोटाको नाम चर्चामा रहेको टानका एक अधिकारीले जानकारी दिए । नयाँ नेतृत्वका लागि अहिले टानमा रहेका पदाधिकारीले भने उम्मेदवारी दिने चर्चा छैन । यद्यपि निवर्तमान उपाध्यक्ष रहेका बाँस्तोला अध्यक्ष पदमा उठ्ने भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)