मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चर्कियो श्रमिक शोषणका मुद्दा

gorkhapatraonline.com · Sat Nov 12 01:00:32 GMT 2022

काठमाडौँ, कात्तिक २६ गते । विश्वकप फुटबल सुरु हुने दिन नजिकिँदै गर्दा आप्रवासी श्रमिकको शोषणका मुद्दा चर्काे रूपमा उठ्न थालेका छन्। महाकुम्भका रूपमा कतारमा मङ्सिर ४ गते सुरु हुने विश्वकप फुटबल प्रतियोगिता सञ्चालन गर्ने रङ्गशाला निर्माणमा खटिएका आप्रवासी श्रमिक चरम शोषण भएको प्रतिवेदन बाहिरिएका छन्। एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका प्रतिवेदनले कतारमा रङ्गशाला निर्माणका क्रममा आप्रवासी श्रमिकमाथि शोषण भएका घटना बाहिर ल्याइरहेका हुन्।

कतारले विश्वकप आयोजना गर्ने निर्णय हुँदा कतारसँग दुईवटा मात्र रङ्गशाला थिए। अहिले कतारसँग आठवटा रङ्गशाला छन्। यसबाहेक हजारौँ किलोमिटर नयाँ सडक, रेलमार्ग, विमानस्थल र सयौँ होटल बनाइएका छन्। १० वर्षमा कतारले बनाएका यी संरचना निर्माणका क्रममा हजारौँ आप्रवासी श्रमिकको ज्यान गएको र धेरैले तोकिएबमोजिमको पारिश्रमिक नपाएको तथा काम गर्ने क्रममा न्यूनतम सुविधा नदिएको आरोप लगाइँदै आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)