मुख्यसचिवसहित सचिवहरूलाई दिनभर राखेर अख्तियारले भन्यो– बेथिति बढ्यो, निगरानी बढाउनू
nayapatrikadaily.com · Wed Aug 10 00:18:00 GMT 2022
मंगलबार निरन्तर सात घन्टा मुख्यसचिव र सचिवहरूसँग बैठक गरेको अख्तियारले आज र आइतबार पनि यस्तै बैठक बोलाएको छ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव शंकरदास बैरागीसहित विकासे मन्त्रालयका सचिव, अन्तर्गतका बोर्ड, संस्थान र विभागीय प्रमुखहरूसहित ५१ कर्मचारीलाई आफ्नै कार्यालय टंगालमा बोलाएर दिनभर बैठक गरेको छ । मंगलबार बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म विभिन्न चरणमा बोलाएर अख्तियारले बढ्दै गएको उजुरी, निर्णय तथा निर्देशन कार्यान्वयनमा संवेदनशील हुन सचेत गराएको हो । अन्य मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूलाई पनि बुधबार र आगामी आइतबार बैठकमा बोलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)