पर्सामा १५४ अपराधका मुद्दा दर्ता
ratopati.com · Mon Sep 21 19:00:06 GMT 2026

पर्सा । पछिल्लो एक महिनामा जिल्लामा विभिन्न प्रकृतिका १५४ मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सो अवधिमा १३८ जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी चक्रबहादुर मल्लले भदौ महिनामा सामाजिक अपराधसम्बन्धी ७७ वटा, सङ्गठित तथा आर्थिक अपराधका २४, ज्यानसम्बन्धी ११, आत्महत्यासम्बन्धी ११, बालबालिकासम्बन्धी नौ, सवारी ज्यान पाँच, अन्य आठ र चोरीसम्बन्धी नौ वटा मुद्दा दर्ता भएका भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)