मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाबुराम भट्टराईलाई ‘भावी राष्ट्रपति’ प्रस्ताव !

rajdhanidaily.com · Fri Jan 23 23:23:26 GMT 2026

काठमाडौं । ‘भा वी राष्ट्रपति’ का रूपमा प्रस्ताव गरिएपछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । डा.भट्टराईले शुक्रबार ‘भिडियो सन्देश’ जारी गर्दै ‘गोरखा–२ बाट उम्मेदवारी फिर्ता’ लिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति स्वर्णिम वाग्लेले सार्वजनिक सन्देशमार्फत ‘भट्टराईलाई उम्मेदवारी फिर्ता लिइदिएर वैकल्पिक राजनीतिको अभिभावकत्व ग्रहण गरिदिन’ आग्रह गरेपछि भट्टराईले फिर्ता लिएका हुन् ।

गोरखाबाट निर्वाचन जितेर प्रधानमन्त्री तथा अर्थमन्त्रीको भूमिका निर्वाह गरिसकेका भट्टराईले रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई समर्थन गर्नेगरी फिर्ता लिएको रास्वपाले जनाएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तर्फबाट उम्मेदवारी दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)