विद्यार्थीहरुको मन जित्दै लालिगुराँस इङ्लिस एकेडेमी
rajdhanidaily.com · Fri Jan 23 23:28:17 GMT 2026

सुन्दरहरैचा (मोरङ) । मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा अवस्थित लालिगुराँस इङ्लिस एकेडेमीले सरस्वती पूजा धुमधामसंग मनाएको छ। हिजो सरस्वती पूजाको दिन नयाँ भर्ना हुने नानीबाबुहरुलाई भौतिक साधनबाहेक अरु सबै छुट रहेको लालिगुराँस इङ्लिस एकेडेमीका प्रिन्सिपल दिपक सुब्बाले जानकारी दिए।
सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रमको विशेष अवसरमा कक्षा नर्सरी देखि कक्षा ९ सम्म भर्ना हुने विद्यार्थीहरुका लागि निःशुल्क भर्ना, निःशुल्क रजिस्ट्रेस,उपहार स्वरुप मायाको चिनो,सिरामिक कप र टि-सर्ट वितरण गरिएको प्रिन्सिपल दिपक सुब्बाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)