मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पौवादुङमामा ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ सञ्चालन

rajdhanidaily.com · Fri Jan 23 23:31:26 GMT 2026

भोजपुर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा देखिएको खस्कँदो अवस्थालाई सुधार गर्दै आधारभूत तहका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ सञ्चालनमा ल्याइएको छ । सन् २०३० सम्म गाउँपालिकाभित्र शैक्षिक गरिबीलाई पूर्ण रूपमा अन्त्य गर्ने दीर्घकालीन लक्ष्यसहित कार्यक्रम कार्यान्वयनमा आएको हो ।

पौवादुङमा गाउँपालिका र युनाइटेड वल्र्ड स्कुल नेपालबीचको साझेदारीमा गाउँपालिकाभित्रका १० वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम कार्यान्वयन भइरहेको छ । कार्यक्रमले विशेषगरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको भाषिक क्षमता र गणितीय ज्ञान अभिवृद्धि गर्दै समग्र शैक्षिक गुणस्तर सुधारमा केन्द्रित भएर काम गरिरहेको युनाइटेड वल्र्ड स्कुल नेपाल, कोशी प्रदेशका शिक्षा संयोजक विक्रम भट्टराईले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)