नेपाली महिला क्रिकेट: इतिहासदेखि विश्व मञ्चसम्मको स्वर्णिम यात्रा
ratopati.com · Sat Jan 17 18:48:38 GMT 2026
नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा अहिलेसम्मकै सबैभन्दा ठुलो क्रिकेट प्रतियोगिता आयोजना गर्ने गौरवपूर्ण ऐतिहासिक चरणमा प्रवेश गरेको छ । जनवरी १८ देखि काठमाडौँका त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सञ्चालन हुँदैछ । यो आयोजना नेपाली क्रिकेट इतिहासमा केवल एउटा साधारण खेल कार्यक्रम मात्र नभई, अन्तर्राष्ट्रिय क्रिकेट मानचित्रमा नेपालको सशक्त उपस्थितिको उद्घोष र क्षमताको गौरवमय स्वीकारोक्ति हो। यसअघि नेपालको भूमिमा यति उच्चस्तरीय र बहुपक्षीय अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना भएको थिएन, जसले गर्दा यो अवसरले नेपाली खेल प्रेमीहरूलाई पहिलोपटक आफ्नै मैदानमा विश्वस्तरका महिला क्रिकेट खेलाडीहरूको रोमाञ्चक प्रतिस्पर्धा प्रत्यक्ष अवलोकन गर्ने अमूल्य मौका प्रदान गर्नेछ । यो क्षण नेपाली महिला क्रिकेटले वर्षौँको संघर्ष, अदम्य साहस र अथक प्रयासबाट हासिल गरेको महत्त्वपूर्ण उपलब्धिको जीवन्त प्रतिफल हो ।
चुनौतीपूर्ण शुभारम्भ र प्रारम्भिक सफलता
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)