मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इम्पोलीमाथि युभेन्टसको सहज जित

ekantipur.com · Sat Oct 22 00:56:39 GMT 2022

काठमाडौँ — युभेन्टसले इटालीको सिरी 'ए'मा इम्पोलीमाथि शुक्रबार ४–० को सहज जित निकालेको छ । लय समात्न संघर्षरत युभेन्टसका लागि यो जितले ठूलो राहत दिनेछ ।

उसका लागि मोइस केनले आठौं मिनेटमा पहिलो गोल गरे । वेस्टन म्याककेनीले ५५ औं मिनेटमा दोस्रो गोल थपे । त्यसयता एडरिन राबोटले खेलको अन्त्यतिर दुई गोल थपे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)