मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डेडिकेटेड र ट्रंक लाइन बक्यौता विवाद ब्युँतियो

ekantipur.com · Mon Sep 04 00:25:43 GMT 2023

काठमाडौँ — विद्युत् प्राधिकरण र विद्युत् नियमन आयोगले एकअर्कामा जिम्मेवारी पन्छाउँदा डेडिकेटेड र ट्रंक लाइन विद्युत्बापतको बक्यौता विवाद पुनः ब्युँतिएको छ । झन्डै ८ वर्षदेखि डेडिकेटेड र ट्रंक लाइनको २० अर्ब रुपैयाँ बक्यौता असुलीको विषय विवादित बनिरहेको छ ।

विद्युत् महसुल बक्यौताका बारेमा आयोगले कुनै निर्णय नगरिदिएको भन्दै प्राधिकरणले रकम बुझाउन १५ दिने सूचना आइतबार जारी गरेको छ । औद्योगिक, व्यापारिक, गैरव्यापारिक वर्गका ६७ ग्राहकहरू लक्षित उक्त सूचनाअनुसार महसुल नबुझाए विद्युत् लाइन काटिदिने चेतावनी प्राधिकरणले दिएको छ । प्राधिकरण र आयोगले जिम्मेवारी पन्छाई महसुल उठाउन गरेको तयारीले उद्योग व्यवसायी झन् धराशायी हुने निजी क्षेत्रका अधिकारीहरूको प्रतिक्रिया छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)