लक्ष्मी सनराइज बैंक र द गोल इज ग्रिन अभियान विच त्रिपक्षीय सहकार्य
nepalsamaya.com · Tue Jul 21 06:37:27 GMT 2026

काठमाडौं- वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतिहरूको सामना गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै लक्ष्मी सनराइज बैंकले आफ्नो प्रमुख वातावरणीय अभियान द गोल इज ग्रिन कार्यान्वयनका लागि डब्लुडब्लुएफ नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको छ।