नाचगान हेर्न प्रचण्डको ५ घण्टा !
ratopati.com · Sat Aug 19 23:05:00 GMT 2023
काठमाडौँ । शनिवार इन्ट्रा फाउन्डेसन अमेरिकाद्वारा आयोजित मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा सुरुदेखि नै प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिए ।
प्रधानमन्त्री प्रचण्डले बेलुकी ५ बजेदेखि १० बजेसम्म कार्यक्रमलाई समय दिएका थिए । उनको उपस्थितिले प्रतियोगीलाई हौसला प्रदान गरेको आयोजक पक्षले जनाएको छ । कार्यक्रमले संसारभर छरिएका नेपाली भाषीहरुको एकता र सहकार्यको सन्देश दिएको समेत आयोजक पक्षले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)