मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

परिवर्तनको नेतृत्व गर्ने नेता र पार्टीलाई बदनाम गर्न खोजियोः प्रचण्ड

lokpath.com · Sun Feb 13 00:56:54 GMT 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको रहेको बताएका छन् । ‘नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको थियो र अहिले पनि छ’, आइतबार २७ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना दिँदै प्रचण्डले भनेका छन्, ‘नेपाली राजनैतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रुपमा स्थापित भइसकेको छ ।’

जनयुद्धको जगमा सम्पन्न भएको ०६२–६३ को संयुक्त जनआन्दोलन पश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा संस्थागत भएको प्रचण्डको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)