शीत भण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
ratopati.com · Mon Sep 21 20:29:18 GMT 2026

सिराहा । लहान नगरपालिका–११ पडरियाका आठ जना किसानले शीत भण्डार निर्माणका लागि आफ्नो एक बिघा दुई कट्ठा कृषियोग्य जग्गा ३० वर्षका लागि भाडामा दिए । जग्गा भाडामा दिएको अहिले सात वर्ष बितिसक्यो । न त उक्त जग्गामा शीत भण्डार निर्माण भएको छ न त किसानले जग्गाको उपभोग नै गर्न पाएका छन् ।
मधेस प्रदेश सरकारको महत्त्वाकाङ्क्षी योजनाका रूपमा विसं २०७५ फागुन ११ गते तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले पडरियामा शीतभण्डारको शिलान्यास गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)