वर्षाैदेखि थुप्रिएका विषय बजेटले समेटेकाे छ : विनाेद चाैधरी
baahrakhari.com · Sun May 29 18:00:00 GMT 2022
काठमाडौं । उद्योगी एवं सांसद विनाेद चाैधरीले वर्षौदेखि थुप्रिएर बसेका धेरै सुधारका विषयहरू बजेटले समेटेको बताएका छन् ।
शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, वित्तीय सेवा, औद्याेगिक निर्यातलगायत क्षेत्रमा बजेटले सुधारको कार्यक्रम ल्याएको उनले बताए । उदाहरणका लागि नेपालमा धेरै उत्पादन हुने स्टिल र सिमेन्टजस्ता उत्पादनहरूमा अनुदान केन्द्रित गर्नु, रियल स्टेटलाई जगाउनका लागि २० प्रतिशत अपार्टमेन्टका लागि विदेशी लगानी ल्याउने बाटो खोलिएको उनकाे भनाइ छ । यसबाट विदेशी मुद्रा पनि भित्रिनेछ भने विदेशी नागरिकले यहाँ किन्न, आउन र बस्न पनि पाउने व्यवस्था गरिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)