मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेइजिङमा अमेरिकी राष्ट्रपति ट्रम्प, आज शिखर वार्ता

gorkhapatraonline.com · Thu May 14 00:13:46 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबिच बिहीबार बेइजिङमा शिखर वार्ता हुँदै छ । विश्वका दुई ठुला अर्थतन्त्र भएका मुलुकका शीर्ष नेताबिच हुन लागेको शिखर वार्तालाई विश्व समुदायले उच्च महत्वका हेरिरहेको छ । नौ वर्षपछि तीनदिने राजकीय भ्रमणमा राष्ट्रपति ट्रम्प बुधबार साँझ चीनको राजधानी बेइजिङ आइपुग्नुभएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले चीन भ्रमणमा निस्कँदै गर्दा बेइजिङसँग व्यापार, प्रविधि र भूराजनीतिक तनावलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने सङ्केत दिनुभएको छ । चीनका राष्ट्रपति सी चिनफिङसँग हुने बहुप्रतीक्षित शिखर वार्ताअघि ट्रम्पले अमेरिकी कम्पनीका लागि चीनलाई अझ ‘खुला’ बनाउन आग्रह गर्ने सार्वजनिक घोषणा गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)