नेपालमा पश्चिमी, स्थानीय वायू र न्यून चापीय क्षेत्रको प्रभाव कायम, मध्यम बर्षासहित हिमपात हुने सम्भावना
kendrabindu.com · Thu May 14 00:16:28 GMT 2026

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले आज देशका विभिन्न स्थानमा मध्यम बर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
विहान कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनि प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। बाँकी भू-भागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनि र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भैरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)