बागलुङ कारागारमा पुस्तकालय
gorkhapatraonline.com · Sat Jul 30 00:55:24 GMT 2022
बागलुङ समाचारदाता
बागलुङ, साउन १४ गते । जिल्ला कारागार बागलुङमा पुस्तकालय स्थापना गरिएको छ । अन्तर्राष्ट्रिय बागलुङ समाज र नेपाल लाइब्रेरी फाउन्डेसनको सहयोगमा ‘कारागारमा पुस्तकालय’ स्थापना गरिएको हो । सो पुस्तकालयको गण्डकी प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले उद्घाटन गर्नुभएको हो । उहाँले कैदीबन्दीको ज्ञान, सीपको विकास र मानसिकता स्वस्थ तथा परिवर्तनका लागि पुस्तकालय उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । राज्यले कैदीबन्दीलाई दिनुपर्ने सुविधा सामाजिक सङ्घसंस्थाले उपलब्ध गराएकोमा खुसी व्यक्त गर्दै उहाँले क्षणिक आवेग, क्रोध वा परिस्थितिजन्य घटनाले जेलजीवन बिताएका नागरिकको मनोवृत्तिमा सुधार जरुरी रहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)