दुई वर्षदेखि अन्धकारमा हुम्लाका दुई हजार घरधुरी
ekantipur.com · Sat Jul 01 00:56:18 GMT 2023
काठमाडौँ — सरकार र यससम्बद्ध संयन्त्र बिजुली कसरी निर्यात गर्ने भन्ने ध्याउन्नमा रहेका बेला देशकै कतिपय स्थान भने अन्धकारमा छन् । देशभर करिब ९६ प्रतिशत जनतामा बिजुली पुगेको सरकारी तथ्यांक छ । तर सामुदायिक लघु जलविद्युत्बाट बिजुली पुगेका केही स्थानका आयोजनामा क्षति पुगेर मर्मत नहुँदा स्थानीय अँध्यारोमा बस्नुपरेको पनि छ ।
हुम्लाको अदानचुली गाउँपालिकामा रहेको कुकुरफाल्ना जलविद्युत् आयोजनाको नहर बाढीले क्षतिग्रस्त भएपछि उक्त क्षेत्रमा बसोबास गर्ने करिब दुई हजार घरधुरी दुई वर्षदेखि अन्धकारमा छन् । गाउँपालिकाको ४ नम्बर वडाले प्रयोग गर्दै आएको लघु जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याएपछि २ वर्षदेखि यस क्षेत्रका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)