टी २० विश्वकप : इङल्यान्डसँग डिफेन्डिङ च्याम्पियनको लज्जास्पद हार
ratopati.com
इङल्यान्डले टी -२० विश्वकप क्रिकेटमा डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजविरुद्ध ६ विकेटको जित दर्ता गरेको छ । सुरुवाती ब्याटिङ गरेको वेस्ट इन्डिज इङल्यान्डको घातक बलिङसामु निरीह देखिएको थियो । कुनै पनि ब्याट्सम्यान चल्न नसक्दा १४ ओभरमा केवल ५५ रनमै वेस्ट इन्डिज अलआउट भयो । राम लेन्डी सिमोन्स ३, इभिन लेविस ६, क्रिस गेल १३, सिम्रन हेट्मेयर ९, ड्वायेन ब्राभो ५, निकोलास पुरन १, किरोन पोलार्ड ६ र आन्द्रे रसेल शुन्य रनमा आउट भए । वेस्ट इन्डिजलाई तहस–नहस गर्ने क्रममा इङल्यान्डका अदिल रसिदले २ रन दिएर ४ विकेट लिए । त्यसैगरी, मोइन अली र टाइमल मिल्सले दुई–दुई विकेट लिए ।
जवाफमा, इङल्यान्डले ८ ओभर २ बलमै लक्ष्य भेट्यायो । तर, त्यसक्रममा उसले ४ विकेट गुमायो । यसक्रममा इङल्यान्डका लागि जोस बुट्लरले २४ रनको अविजित इनिङग्स् खेले । त्यसैगरी, कप्तान इयोन मोर्गनले पनि अविजित सात रन बटुले ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)