बन्यो मिरिकमा अम्बर गुरुङको सालिक
rajdhanidaily.com · Sun Sep 24 01:05:27 GMT 2023
काठमाडौं । राष्ट्रगानका संगीत रचयिता तथा दिवंगत संगीतकार अम्बर गुरुङको सांगीतिक योगदानलाई चिरस्मरण राख्न उनको सालिक निर्माण गरिएको छ । भारतको दार्जिलिङ जिल्लाको मिरिकस्थित महकुमा रहेको टिङङलिङ चियाबारी भ्यु प्वाइन्टमा आधुनिक संगीतका शिखर पुरुष अम्बर गुरुङको सालिक निर्माण गरिएको हो ।
काठमाडौंको माया तथा सद्भाव फाउन्डेसन नेपाल र सिक्किमको संयुक्त आयोजनामा उनको सालिक निर्माण गरिएको हो । शुक्रबार बेलुकी ललितपुरमा पत्रकार भेटघाटको आयोजना गर्दै अग्रज गायिका तथा चरित्र अभिनेत्री एवं माया तथा सद्भाव फाउन्डेसनकी अध्यक्ष कविता आले मगरले सो सालिक तयार भएको जानकारी गराइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)