भारतलाई हराउँदै अस्ट्रेलिया छैटौँ पटक विश्व च्याम्पियन
gorkhapatraonline.com · Sun Nov 19 22:23:29 GMT 2023
काठमाडौँ, मङ्सिर ३ गते । घरेलु टिम भारतलाई छ विकेटले निराश पारेर अस्ट्रेलियाले विश्वकप क्रिकेट प्रतियोगिताको १३ औँ संस्करणको उपाधि जितेको छ । एक लाख ३२ हजार दर्शक उपस्थित भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालालाई चुप पार्दै अस्ट्रलिया छैटौँ पटक विश्वकप क्रिकेट च्याम्पियन बनेको हो ।
यसअघि, अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्व क्रिकेट च्यामिपयन बनेको थियो । भारतको भने १२ वर्षपछि विश्व च्याम्पियन बन्ने सपना चकनाचुर भयो । यसअघि, सन् २०११ मा आप्mनो घरमा विश्वकप हुँदा भारत च्याम्पियन बनेको थियो । तर त्यसपछि भारत विश्वकपमा सँधै निराश मात्र बन्दैआएको छ । यसपालि भारत सबै दस खेल जितेर फाइनलमा पुगे पनि अन्तिम बाधाको रुपमा रहेको अस्ट्रेलियालाई हराउन नसक्दा च्याम्पियन बन्न सकेन । विश्वकप क्रिकेट फाइनल हेर्न कीर्तिमान दर्शकबिच भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्लेसको पनि उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)