आन्दोलनमा हराएका आफन्तबारे जानकारी दिन प्रहरीको आग्रह
ekantipur.com · Mon Sep 15 17:35:37 GMT 2025

काठमाडौँ — काठमाडौंका विभिन्न स्थानमा फेला परेका जलेका मानव अवशेष पहिचानको लागि प्रहरीले जेन–जीको अगुवाईमा भएको अन्दोलन र प्रदर्शनका क्रममा हराएका वा सम्पर्कविहीन भएका आफन्त भए सम्पर्क गरिदिन अनुरोध गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं सूचना अधिकारी अपीलराज बोहराका अनुसार भदौ २३ र २४ गते भएको आन्दोलन र प्रदर्शनको क्रममा हराएका वा सम्पर्कविहीन भएका आफन्तको विवरण तुरुन्त प्रहरीलाई जानकारी दिन आग्रह गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)