मायाघरको नाममा उठेको सहयोग रकम बुझाउन राधिका दासीलाई आग्रह
rajdhanidaily.com · Tue Jul 21 08:26:12 GMT 2026
झापा । मायाघर इटहरीको नाममा संकलन गरेको रकम संस्थालाई तत्काल बुझाउन अध्यक्ष सुभद्रा प्याकुरेलले पुराणवाचिका राधिका दासीलाई आग्रह गरेकी छन् । मायाघरको नाममा सहयोग संकलन गरेको तर रकम संस्थालाई नबुझाएको टिप्पणी सार्वजनिक भएपछि अध्यक्ष प्याकुरेलले यस्तो आग्रह गरेकी हुन् ।
अध्यक्ष प्याकुरेलका अनुसार मायाघर सामाजिक सेवामा समर्पित संस्था भएकाले संस्थाको पारदर्शीता, विश्वसनीयता र जनविश्वास कायम राख्नु सबैभन्दा महत्वपूर्ण विषय हो। त्यसैले मायाघरको नाममा उठाइएको कुनै पनि सहयोग संस्थाको आधिकारिक अभिलेखमा आउनुपर्ने र सम्बन्धित रकम तत्काल संस्थालाई बुझाइनुपर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)