मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारत र अमेरिकाबीच महत्वपूर्ण व्यापाीरक सम्झौता, जङ्गली झिंगाको व्यापार वृद्धिमा जोड

aarthiknews.com · Thu Nov 25 00:15:00 GMT 2021

नयाँ दिल्ली । भारत र अमेरिकाले मङ्गलबार नयाँ दिल्लीमा भारत(अमेरिका व्यापार नीति मञ्च को १२औँ मन्त्रीस्तरीय बैठकको आयोजना गरेको थियो। व्यापार सम्बन्ध भविष्यका लागि महत्वाकांक्षी, साझा दृष्टिकोणको विकास गर्नु यस बैठकको‌ मुख्य उद्देश्य थियो। सन् २०२१ को सेप्टेम्बर महिनाको २४ तारिख मा आयोजित बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति बिडेन ले यस उद्देश्य को घोषणा गरेका थिए।

यस मञ्च मा भारतको प्रतिनिधित्व वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले गरेका थिए भने अमेरिकाको तर्फबाट व्यापार प्रतिनिधि क्याथरिन ताईले प्रतिनिधित्व गरेकी थिइन्। वाणिज्य तथा उद्योग मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार दुवै पक्षले भारत–अमेरिकी टीपीएफले विभिन्न क्षेत्रका अर्थतन्त्रलाई एकीकृत गर्ने र दुई रणनीतिक साझेदार र लोकतान्त्रिक मुलुकबीच व्यापार सम्बन्धको महत्वाकांक्षी भविष्य सुरक्षित गर्ने निर्णय लिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)