भारतमा प्रधानमन्त्रीको साढे ७३ घण्टा : भ्रमण कति सफल कति असफल ?
ratopati.com · Sat Jun 03 22:25:00 GMT 2023
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतमा साढे ७३ घण्टा बिताएर स्वदेश फर्किएका छन् । आफ्नो चार दिने भ्रमण फलदायी भएको प्रधानमन्त्री प्रचण्डको जिकिर छ । भारत भ्रमण ऐतिहासिक बनाउने उद्देश्य बोकेर जेठ १७ गते दिल्ली उडेका प्रचण्डले सो क्रममा केही ‘असहज अवस्था’ पनि भोगे । यद्यपि ती सबै असहज अवस्थालाई चिर्दै भ्रमण फलदायी बनाउन सकिएको प्रचण्डको दाबी छ ।
दिल्लीस्थित आफू बसेको होटल आईसीटी मौर्यमा सञ्चारकर्मीसँग प्रश्नोत्तर गर्दै होस् या मध्यप्रदेशको उज्जैनमा किन नहोस् उनले आफ्नो भ्रमण फलदायी भएको प्रतिक्रिया दिए । यस्तै शनिबार स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उनले सोही कुरा दोहोर्याए । उनको भनाइ थियो, ‘यो भ्रमण मैले जे भनेर गएको थिएँ, मूलभूत रुपमा सोचेको कुरा पूरा भएको छ । केही महत्त्वपूर्ण दूरगामी समझदारी भएका छन् । यो आफैंमा महत्त्वपूर्ण सुरुवात हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)