नामिबियाले टस जित्यो, नेपाल पहिला ब्याटिङ गर्ने
nepalviews.com · Tue Jul 21 08:45:55 GMT 2026
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग– २ मा आज नेपाल र नामिबियाबीच खेल हुँदै छ । नेदरल्यान्ड्ससमेत सहभागी यो त्रिकोणीय सिरिज नेपालका लागि निकै महत्त्वपूर्ण छ । नामिबियाका कप्तान जेरार्ड इरास्मसले टस जितेर पहिला बलिङको निर्णय लिएका छन् ।
नेपाल हाल २४ अंकका साथ पाँचौँ स्थानमा छ । नामिबिया छैटौँ स्थानमा छ । सोझै विश्वकप ग्लोबल क्वालिफायरमा पुग्न शीर्ष ४ भित्र रहनुपर्छ । हाल अमेरिका अंकतालिकाको शीर्ष स्थानमा छ र ग्लोबल क्वालिफायरमा पुगिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)