तीव्र विरोधपछि हट्यो निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर
swasthyakhabar.com · Tue Jul 21 08:54:00 GMT 2026

काठमाडौं- सरकारको चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर तत्कालका लागि लागू नगर्ने निर्णय गरिएको छ। प्रधानमन्त्री बालेन शाहले नागरिकको तीव्र प्रतिक्रिया र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शपछि शिक्षा तथा स्वास्थ्य समता शुल्क कार्यान्वयन नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर तत्काल कार्यान्वयन गर्दा आम नागरिकले थप आर्थिक भार र निराशा भोग्नुपर्ने अवस्था देखिएकाले निर्णय स्थगित गरिएको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)