मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डेन्टल र मेडिकललाई दुई/ दुई लाख जरिवाना

rajdhanidaily.com · Wed Aug 02 23:40:00 GMT 2023

इलाम । इलाम सदरमुकामको एक मेडिकल र डेन्टललाई दुई/दुई लाख रुपैयाँ जरिवाना गराएको छ । ‘वन्ली फर हस्पिटल सप्लाई’ लेखिएको र बजार मूल्य नलेखिएको औषधि फेला परेपछि जिल्ला प्रशासन कार्यालय इलामले दुर्गा मेडिकल र माइपोखरी डेन्टल क्लिनिकलाई जरिवाना गराएको हो ।

केही दिनअघि गरिएको अनुगमनमा दुर्गा मेडिकलमा पाँच सय मिलिलिटरका चार बोतल र माइपोखरीमा पाँच बोतल यस्तो औषधि फेला परेको थियो । ‘मूल्य नै नलेखिएको र ‘वन्ली फर हस्पिटल सप्लाई’ लेखिएको औषधि पसलमा राखेर बेच्न कानुनले दिँदैन,’ सहायक सिडिओ ध्रुव कोइरालाले भने, ‘प्रशासनले जरिवाना गराएको छ, बाँकी अनुसन्धान स्वास्थ्य विभागले गर्नसक्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)