मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धरहरा व्यवस्थापन जिम्मा महानगरलाइ दिनुस् : मेयर बालेन

barnanmedia.com · Fri Aug 23 22:10:27 UTC 2024

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट गरी धरहरा सञ्चालनको जिम्मा दिन माग गरेका छन् । बुधबार दिउँसो मन्त्रालयमा सिंहसँग भेटेका बालेनले महानगरले नै धरहरा सञ्चालन गर्ने भन्दै ठेकेदारलाई त्यो काम नदिने अनुरोध गरेका हुन् ।

‘संघीय सरकारले धरहराको पार्किङ र सञ्चालनका लागि ठेक्का निजी कम्पनीलाई दिनुको साटो महानगरलाई नै दिनुपर्छ, बरु ठेक्काबाट आउने रकम बराबर महानगरले नै तिर्ने मेयर साबले सुनाउनुभयो,’ मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)