मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानले आक्रमणको योजना बनाउँदै गरेका १४ जना पक्राउ

barnanmedia.com · Fri Aug 23 22:13:39 UTC 2024

इरानले आक्रमणको योजना बनाउँदै गरेका इस्लामिक स्टेट जिहादी समूहका १४ जनालाई पक्राउ गरेको जनाएको छ ।

इस्लामिक स्टेट–खोरासान, जिहादी समूहको अफगानिस्तान शाखा हो । खोरासानमा इरान, अफगानिस्तान र मध्य एशियाका केही भाग समावेश छन् । इरानको सरकारी समाचार एजेन्सीले पक्राउ परेकाहरुको राष्ट्रियता र पक्राउ गरेको मितिबारे भने उल्लेख गरेको छैन । उनीहरु केही दिनअघि आक्रमणको उद्देश्यले इरान आएको हुनसक्ने इरानले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)