इजरायली आक्रमणमा कम्तिमा ७१ जनाको मृत्यु
barnanmedia.com · Sat Jul 13 21:40:31 UTC 2024

इजरायली सेनाले गाजाको खान युनिसको अल-मवासी क्षेत्रमा हवाई आक्रमण गरेको छ।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार विस्थापित मानिसहरूको घना बसोबास भएको क्षेत्रमा इजरायली आक्रमणमा कम्तीमा ७१ प्यालेस्टाइनीको मृत्यु भएको छ। योसँगै २८९ जनाभन्दा बढी घाइते भएका छन् ।इजरायली सेनाले यस क्षेत्रलाई सुरक्षित क्षेत्रको रूपमा तोकेको थियो र प्यालेस्टिनीहरूलाई त्यहाँ शरण लिन आग्रह गरेको थियो। इजरायली सेनाले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)