प्रचण्डका सबै राजनीतिक नियुक्ति ओलीले खारेज गर्नुपर्छ, अख्तियारले छानबिन
barnanmedia.com · Sat Jul 13 21:43:19 UTC 2024

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ठीक ३ वर्षपछि पुनः सत्ताको सिंहासनमा चढ्दै छन् । प्रधानमन्त्रीका रुपमा उनको यो चौथो सत्तारोहण पनि हो । त्यसबाहेक उनी एकपटक गृहमन्त्री र एकपटक परराष्ट्रमन्त्री भएका छन् ।
गृहमन्त्रीका रुपमा उनको कार्यकाल विशेष स्मरणीय मानिन्छ । उनी गृहमन्त्री छँदा नेपाल प्रहरीलगायत सुरक्षा संगठनहरुमा सबैभन्दा बढी व्यावसायिक अभ्यास भएको र योग्यतातन्त्रको सर्वोत्तम उदाहरण प्रदर्शन गरिएको मानिन्छ । प्रधानमन्त्रीका रुपमा पनि ओलीका यसअघिका कार्यकाल विशेष उल्लेखनीय र चर्चायोग्य रहे । पहिलोपल्ट उनी २०७२ सालमा प्रधानमन्त्री भए । संविधान जारी भएलगत्तै प्रधानमन्त्री नियुक्त भएका थिए । उनी प्रधानमन्त्री हुँदा भारतले नाकाबन्दी लगाएको थियो । भूकम्पको पीडा त छँदै थियो । भारतीय नाकाबन्दीविरुद्ध चट्टानी अडाका कारण उनलाई सिंगो मुलुकले साथ दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)